काठमाण्डु – नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाम आउन थालेको छ ।
चितवनमा जारी एमालेको दशौं महाधिवेशनमा भएको निर्वाचनको प्रारम्भिक चरणमा उपाध्यक्षका उम्मेद्वार रामबहादुर थापा बादलले ४९० मत ल्याउँदा घनश्याम भुसालले ६१ मत पाएका छन् । सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ९६ जनाले मत हालेका छन् ।
मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि चुनावबाट टुंगिनेछन् ।
अध्यक्ष ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै उपमहासचिव भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।




प्रतिक्रिया