बादललाई मत नदिने प्रदेशसभा सदस्यसंग स्पष्टीकरण माग

बादललाई मत नदिने प्रदेशसभा सदस्यसंग स्पष्टीकरण माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेशमा भएको राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई मत नदिने प्रदेश सभा सदस्यहरुलाई नेकपा (एमाले) बागमती प्रदेश संसदीय बोर्डले स्पष्टीकरण सोध्ने भएको छ ।

शनिवार बसेको बोर्डको बैठकले जेठ ६ गते भएको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई मत नदिएको भन्दै बैठकले माधव नेपाल पक्षका प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । पार्टीको निर्णय विपरित नेकपा एमालेको उम्मेदवार रामबहादुर थापा बादललाई मत नदिएको र पार्टीको निर्णय विपरित काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए ।

बैठकले उनीहरुलाई आइतबार साँझ ५ बजे भित्र स्पष्टीकरण पेश गर्न भनिएको छ । सांसदहरु अष्टलक्ष्मी शाक्य, अरुण नेपाल, राजेन्द्र पाण्डेसहित रचना खड्का , कुसुम कार्की, मुनु सिग्देल, बसुन्धारा हुमागाईं, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, बसन्त मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मिना ज्ञवालीलाई स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

तोकीएको समयमा पनि उचित स्पष्टीकरण पेश नगरे पार्टीले आवश्यक कारवाही प्रकृया अगाडि बढाउने प्रमुख सचेतक निरौलाले जानकारी दिए । यस्तै आजको बैठकले कोरोनाका कारण मृत्यु भएका प्रदेशसभा सदस्य पशुपति प्रसाद चौलागाईंको निधनप्रति शोक प्रस्ताव पनि पारित गरेको छ ।