काठमाण्डु – राष्ट्रिय सभा अन्तर्गत वाग्मती प्रदेशतर्फको रिक्त रहेका सदस्य पदमा जेठ ६ गते हुने मतदानका लागि आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ ।
निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।
राष्ट्रिय सभामा एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा वादललाई सूर्य, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङलाई मादल तथा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटालाई कलम चुनाव चिन्ह प्रदान गरिएको छ ।
देवकोटा स्वतन्त्र उम्मेदवार भएपनि उनलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा एमाले माधव नेपाल समूहको समर्थन छ । प्रदेश सभा सदस्य र पालिका प्रमुख र उपप्रमुख गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्नेछन् ।




प्रतिक्रिया