काठमाण्डु– गृहमन्त्री रामबहादुर थापा बादलले अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै समर्थन गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षको बादललाई ‘सेकेन्ड म्यान’ बनाउने तयारी भएसंगै उनी ओली पक्षमा खुलेका हुन् । नेकपाका सचिवाल सदस्य रहेका बादलले बुधवार प्रधानमन्त्री ओली र प्रचण्डसंग भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री ओलीसंगको भेटमा उनले अव आफु खुलेर लाग्ने बताएको स्रोतको दावी छ । पूर्वमाओवादीका नेता बादल पार्टी ध्रुवीकरण भएपछि कुनै पक्षको बैठक र भेलामा सहभागी भएका थिएनन्। उनि प्रचण्डको कोटाबाट गृहमन्त्री बनेपनि पछिल्लो समय सम्बन्ध भने उनको प्रधानमन्त्रीसंग निकट थियो । प्रचण्डले उनलाई विचमै गृहमन्त्रीबाट हटाउन खोजेपछि दुवै नेताबीच दुरी बढेको निकट स्रोत बताउंछ ।
प्रधानमन्त्री ओलीको पार्टीमा उनलाई दोस्रो वरियताको नेता बनाउने गरी सहमती भएको छ । बादल निकट भनेर चिनिएका नेताहरु अधिकांश प्रचण्ड पक्षमा लागिसकेका छन् । गृहमन्त्री बादल आजबाट ओली पक्षमा लाग्ने निश्चित भएको बताइएको छ ।
पछिल्लो समय बादलसंग पुर्व माओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा रहेका छन् । उनिहरु यसअघि नै प्रधानमन्त्रीको समुहमा लागिसकेका छन् । बादल अव वस्ने ओली पक्षको बैठकमा बादल नियमित सहभागी हुनेछन् ।
गृहमन्त्री बादललाई आफ्नो पक्षमा ल्याउन प्रचण्डले उनलाई धेरै पटक भेटेपनि उनी खुलेका थिएनन् । बादल निकट ३२ केन्द्रिय सदस्यहरुले पनि आफ्नो पक्षधरता खुलाउन बादलसंग आग्रह गरेपनि उनले उपयुक्त समयमा निर्णय गर्ने बताउंदै आएका थिए ।




प्रतिक्रिया