पूर्वमन्त्री बादलका छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी

पूर्वमन्त्री बादलका छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मानव तस्करीको आरोपमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

बुधबार जिल्ला अदालत काठमाण्डुले थापाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। यसअघि पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरूद्ध पनि आजै पक्राउ पुर्जी जारी भएको थियो ।

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणमा मंगलबार अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै सोही प्रकरणमा आज मात्रै उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे पक्राउ परेका छन् ।