एमालेको नेतृत्व सहमतिबाटै चयन हुन्छ : बादल थापा


काठमाण्डु : नेकपा एमालेका नेता रामबहादुर थापा (बादलले ) एमालेको नेतृत्व सहमतिमै चयन गरिने दाबी गरेका छन् । दशौं महाधिवेशन मूल व्यवस्थापन समिति संयोजक समेत रहेका नेता थापाले महाधिवेशनबाट सहमतिमा नेतृत्व चयनका बिषयमा छलफल भइरहेको बताए ।

आज बिहान भरतपुर बिमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै थापाले भने ‘स्थानीय तहमा पनि हामीले सहमतिमा नै नेतृत्व र प्रतिनिधि चयन गरेका हौं । केन्द्रीय समितिले पनि महाधिवेशन सहमतिमै गर्ने भनेको छ । केही पदमा निर्वाचन हुन सक्छ ।’ उनले महाधिवेशनको तयारी पुरा भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement