मोटरसाइकल दुर्घटनामा मुख्यमन्त्रीका पीएसओको मृत्यु

मोटरसाइकल दुर्घटनामा मुख्यमन्त्रीका पीएसओको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर – धनुषमा मोटरसाइकल दुर्घटनामा प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतका पीएसओको मृत्यु भएको छ ।

जनकपुर बर्दिवास सडखण्डअन्तर्गत मिथिला नगरपालिका– १० स्थित लालगढमा ट्रकले ठक्कर दिँदा नेपाल प्रहरीका असई मदनजंग कापरको मृत्यु भएको हो ।

शुक्रबार विहान करिब ३ बजे बर्दिवासबाट जनकपुरतर्फ आउँदै गर्दा असई कापर चढेको लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशबाट आउँदै गरेको ट्रकले ठक्कर दिएको बताइएको छ ।

प्रहरीले ठक्कर दिने ट्रकलाई सुनसरीबाट नियन्त्रणमा लिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।