काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् बदनकुमार भण्डारीले अबण्डामा बजेट राखेको भन्दै सरकारको आलोचना गरेका छन् ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि संशोधनकर्ताका तर्फकबाट स्पष्टीकरण सोध्दै भण्डारीले अबण्डामा बजेट राख्नु गलत भएको बताए ।
सुशासनको मुद्धा उठाएर आएको पार्टीको सरकारले जनताले तिरेको कर कहाँ खर्च भइरहेको छ भन्नेबारे पारदर्शी हुनुपर्ने बताए । ‘अबण्डामा बजेट छुट्याइएको कुरा गर्नुभएको छ ।
जनताले तिरेको कर जनताले कहाँ खर्च भयो भनेर पारदर्शी ढंगले जानकारी गराउनुपर्छ’,उनले भने, ‘सुशासनको कुरा गरेर बनेको सरकारले ठूलो रकम अबण्डामा छुट्याउनु ठीक छैन ।’
पुन बजेट प्रस्तुत भएपछि मन्त्री बनेकाका कारण कार्यक्रममा समेट्न नसकेको भए मिलाउने समय थियो भन्दै भण्डारीले आपत्ति जनाए । ‘त्यत्रो रकम अबण्डामा छुटयाउनु भनेको पारदर्शीतामा पनि र जनताले तिरेको कर खर्च कहाँ भइरहेको छ भन्ने नदेखिएको कुराका विषयमा जानकारी माग गर्दछु’, उनले भने ।
उक्त मन्त्रालयमा २ अर्ब ५१ करोड रुपैयाँ अबण्डामा राखिएको छ । जवाफका क्रममा पुनले अबण्डामा रकम राखेको स्वीकार गरे । उनले उक्त रकम काम गरिरहेका आयोजनामा वितरण गर्ने बताए ।




प्रतिक्रिया