काठमाण्डु – देशका केही सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार शनिबार बिहान बाढी मापन गर्दा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाब सतर्कता तहभन्दा तलै तर बढ्ने सम्भावना छ।
यसबाहेक झापा, इलाम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहको बाढी महाशाखाले जनाएको छ।
साथै ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, संखुवासभा, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, उदयपुर, काठमाण्डु, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुली, रोल्पा, सुर्खेत, दैलेख, अछाम, बैतडी, बझाङ, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको बाढी महाशाखाले उल्लेख गरेको छ।






प्रतिक्रिया