काठमाण्डु-काठमाडौं उपत्यकासहित वाग्मती, कोशी र गण्डकी प्रदेशमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भक्तपुर जिल्लास्थित हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तहनजिक पुगेको छ ।
त्यस्तै हनुमन्ते खोलाको जलसतह बढ्दै गएकाले तटीय क्षेत्रमा रहने सबैलाई बिहीबार दिउँसोसम्मै सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।
कोशी र वाग्मतीमा भारी वर्षाको सम्भावनाले गर्दा गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।
यी नदीहरूमा बाढीको जोखिम
गएरातिदेखि नै जारी वर्षाको कारण विभिन्न नदी तथा खोलाहरूमा जलसतह खतराको तह आसपास पुगेका छन् ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ ।
यी नदी तथा खोलाका किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।





प्रतिक्रिया