बाढीले बगाउँदा दुई बालिका वेपत्ता

बाढीले बगाउँदा दुई बालिका वेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी – शनिबार राति आएको बाढीले बगाएर म्याग्दीमा दुई बालिका वेपत्ता भएका छन् ।

बेनी नगरपालिका–३ मा खहरे खोलाले पुरेर धार परिवर्तन गरेपछि घरबाट निस्केर भाग्ने क्रममा दुई बालिकालाई बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बेपत्ता हुनेमा ६ वर्षकी अनुष्का परियार र १० वर्षकी प्रविना परियार रहेको प्रहरीले जनाएको छ । अहिले उनिहरुको खोजी कार्य भइरहेको जिला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।