आज कहाँ-कहाँ छ बाढीको जोखिम ?

आज कहाँ-कहाँ छ बाढीको जोखिम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बाढी पुर्वानुमान महाशाखाले आज देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेको जनाएको छ । महाशाखाले देशका महाकाली, कर्णाली, नारायणी र कोशी नदीमा आज पानीको बहाव बढ्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

भेरी, मर्स्यााङ्दी, बुढीगण्डकी, त्रिशुली, सुनकोशी, अरूणलगायत नदीहरुमा पनि बहाब बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रहरू तथा डुवान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

प्रदेश १ को तेहथुम, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, ओखलढुङ्गा, उदयपुर, प्रदेश २ को सप्तरी, सिराह, धनुषा, बारा, पर्सा, वाग्मती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ्गका नदी तथा खोलामा पानीको बहाव बढ्ने विभागले जनाएको छ ।

गण्डकी प्रदेशको गोरखा, लमजुङ, मुस्ताङ, तनहुँ, स्याङ्गजा, कास्की, म्याग्दी, पर्वत, बाग्लुङ, नवलपुर, लुम्बिनी प्रदेशको परासी, पाल्पा, अर्घाखाँची, कपिलबस्तु, बाँके, बर्दिया, कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, कालिकोट, जुम्ला तथा सुदूरपश्चिम प्रदेशको कैलाली, कंचनपुर, डडेलधुरा, डोटी, अछाम र आसपास जिल्ला भई बग्ने स–साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने भन्दै सचेत रहन विभागले आग्रह गरेको छ ।

मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले हाल देशभर सामान्य देखि पुर्ण बदली रहि केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंगलबार

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी , लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित भारी ÷ धेरै भारी वर्षाको सम्भावना रहेको छ

रातीः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी ÷धेरै भारी वर्षाको सम्भावना रहेको छ।

 बुधबार

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानमा भारी÷ धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बाग्मती, प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

बिहिबार

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।