पहाडी क्षेत्रका खोलामा बाढी आउने, सतर्क रहन आग्रह


काठमाडौं – आज (बुधबार) पहाडी क्षेत्रका खोलानालामा बाढी आउने सम्भावना रहेकाले सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज प्रदेश ३, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका ससाना खोलानालामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यी क्षेत्रमा क्षणिक भारी वर्षासँगै खोलानालाहरूमा आकस्मिक रूपमा बहाव बढ्नसक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

देशैभरका प्रमुख नदीहरूमा भने आगामी ३ दिनसम्म ठूलो बाढीको सम्भावना नरहेको, जलसतह सामान्य घटबढ हुने सम्भावना मात्र रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement