काठमाडौं- केही दिनदेखि भइरहको वर्षाले देशभर बाढीपहिराको जोखिम कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बिहीबार पनि केही ठाउँमा बाढीपहिरो आउन सक्ने जनाउँदै सतर्क रहन आग्रह गरेको छ ।
बाढी महाशाखाका अनुसार बिहीबार बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ।
जिल्लाका हिसाबले इलाम, झापा, मोरङ, धनकुटा, रामेछाप, सिन्धुपाल्चोक, दोलखा, रसुवा, धादिङ, नुवाकोट, गोरखा, कास्की, लमजुङ, स्याङ्जा, रुकुम पश्चिम, जाजरकोट, दाङ, सल्यान, सुर्खेत, दैलेख, अछाम, कैलाली, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम छ।
बाढी महाशाखाले यी २७ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिएको छ।






प्रतिक्रिया