बाढी पहिरो पीडितको उद्दार र राहतलाई प्रभावकारी बनाउन विपक्षी गठबन्धनको माग

बाढी पहिरो पीडितको उद्दार र राहतलाई प्रभावकारी बनाउन विपक्षी गठबन्धनको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा रहेका पाँच शीर्ष नेताले बाढी, पहिरो र डुवान पीडित जनताको उद्दार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले संयुक्त वक्तव्य जारी गर्दै बाढी, पहिरो र डुवानबाट पीडित जनतालाई आवास, खाद्यान्न लगायतका राहत प्रभावकारी बनाउन माग गरेका हुन् ।

‘बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरूका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन हामी नेपाल सरकारसंग माग गर्दछौं । इमान्दारी, तदारुकता र पारदर्शीरूपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

यस्तै उनिहरुले प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका कार्यक्रम सहभागि हुन पार्टी कार्यकर्तालाई आह्वान गरेका छन् ।