आज ४४ जिल्लामा बाढीको जोखिम, चितवनसहितका ५ जिल्लामा ओरेन्ज अलर्ट जारी

आज ४४ जिल्लामा बाढीको जोखिम, चितवनसहितका ५ जिल्लामा ओरेन्ज अलर्ट जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आज (मंगलबार) देशभरका ४४ जिल्लामा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डुसहित ४४ जिल्ला र यसआसपासका खोला तथा नदीमा बाढी आउने सम्भावना रहेको हो ।

बाढी महाशाखाका अनुसार आज बाढीको उच्च जोखिम चितवन, तनहुँ, कास्की, स्याङजा, सुर्खेत र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरुमा देखिएको छ। यी जिल्लामा ओरेन्ज अलर्ट जारी गरिएको छ ।

आज पाँचथर, ईलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाण्डु, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, गोरखा, लम्जुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली, र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।

यी जिल्लाहरुलाई एल्लो अलर्ट जारी गरिएको छ । हरियो रङले जलसतह सतर्कता तह भन्दा तलै रहने र बाढीको न्यून जोखिम हुने संकेत गर्दछ । पहेलो रङले जलसतह सतर्कता तह आसपास पुग्ने र बाढीको मध्यम जोखिम रहेको संकेत गर्छ ।

यस्तै सुन्तला रङले जलसतहले सतर्कता तह पार गर्ने र बाढीको उच्च जोखिम रहेको संकेत गर्दछ । रातो रङले जलसतहले खतरा तह पार गर्ने र बाढीको अति उच्च जोखिम हने संकेत गर्दछ ।