भोटेकोसी बाढीमा परि ज्यान गुमाउनेको संख्या ९ सय नाघ्याे, कति छन् बेपत्ता ?

भोटेकोसी बाढीमा परि ज्यान गुमाउनेको संख्या ९ सय नाघ्याे, कति छन् बेपत्ता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रसुवाको भोटेकोसीमा आएको बाढीमा परि ज्यान गुमाउनेको संख्या ९ सय नाघेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान ९ बजेसम्म ९०३ जनाको शव भेटिएको हो ।

अझै ४ हजार २२७ जना सम्पर्कविहीन रहेका छन् । विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा १० हजार ४५१ जनाको उद्धार गरिएको छ।

प्राधिकरणका अनुसार बाढीमा २६७ जना घाइते भएका छन्। तीमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार भइरहेको छ।

पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ अस्पतालमा राखिएका छन्।

उद्धार, राहत तथा पुनःस्थापनाका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। जसमा नेपाली सेना ८ हजार ७२२, नेपाल प्रहरी ७ हजार ८९४ र सशस्त्र प्रहरी बल ४ हजार २०३ जना छन्।