परराष्ट्र मन्त्रालयको सहसचिवमा बढुवाका लागि यी ३ महिला सिफारिस

परराष्ट्र मन्त्रालयको सहसचिवमा बढुवाका लागि यी ३ महिला सिफारिस


काठमाण्डु – लोक सेवा आयोगले परराष्ट्र मन्त्रालयको खुला सहसचिवमा बढुवाका लागि ३ जना महिलालाई सिफारिस गरेको छ ।

आयोगले बुधबार प्रकाशित गरेको अन्तर्वार्ताको नतिजाअनुसार उपसचिवहरू ईला मैनाली, रोशन खनाल र रोजिना ताम्राकारको नाम सहसचिवमा बढुवाका लागि सिफारिस भएको हो ।

परराष्ट्र मन्त्रालयको सहसचिवका लागि लिखित परीक्षाबाट ५ जनाको नाम छनोट भएको थियो । सहसचिवको वैकल्पिकमा मोतिबहादुर श्रीसको नाम सिफारिस भएको छ ।

सहसचिवमा सिफारिस भएकी मैनाली अष्ट्रिया, खनाल राहदानी विभाग र ताम्राकार क्यानडामा कार्यरत रहेकी थिइन् ।