आज यी २ दर्जन जिल्लामा बाढीको जोखिम

आज यी २ दर्जन जिल्लामा बाढीको जोखिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–शनिबार भेरी नदीले समजिघाट केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ ।

त्यस्तै कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, उदयपुर, मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, तनहुँ, गोरखा, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, कालिकोट, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।