काठमाण्डु– जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ३७ जिल्लामा एल्लो अलर्ट जारी गरेको छ ।
महाशखाले काठमाण्डु, ललितपुर, भक्तपुरसहित ३७ जिल्लामा बाढीको मध्यम जोखिम देखाउँदै एल्लो अलर्ट जारी गरेको हो ।
आज दार्चुला, बैतडी, डोटी, अछाम, सिन्धुपाल्चोक, दोलखा, काठमाण्डु, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना उच्च रहने पूर्वानुमान छ।
यस्तै कञ्चनपुर, कैलाली, डडेल्धुरा, बझांग, बाजुरा, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, सल्यान, रोल्पा, प्युठान, काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्यांग्जा, बागलुङ, पर्वत, रुकुम पुर्व, रुकुम पश्चिम, सोलुखुम्बु, संखुवासभा, रामेछाप, खोटांग र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने सम्भावना मध्यम रहेको महाशाखाले जनाएको छ ।
आज ११ ठुला नदिमा पानीको बहाव उल्लेख्य बढ्ने भएकाले सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।





प्रतिक्रिया