रसुवामा ‘रेड अलर्ट’ जारी, नुवाकोट र धादिङमा बाढीको जोखिम उच्च

रसुवामा ‘रेड अलर्ट’ जारी, नुवाकोट र धादिङमा बाढीको जोखिम उच्च

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ३ जिल्लामा रेड अलर्ट जारी गरेको छ ।

महाशखाले आज रसुवालाई अति उच्च जोखिम र नुवाकोट र धादिङलाई उच्च जोखिम (ओरेन्ज अलर्ट) जारी गरेको हो ।

यस्तै आज ३७ जिल्लामा बाढीको मध्यम जोखिम देखाउँदै एल्लो अलर्ट जारी गरिएको छ ।

आज रसुवा, नुवाकोट, धादिङ र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको छ ।

त्यस्तै सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, स्यांग्जा, बागलुङ, पर्वत, दार्चुला, बैतडी, डोटी, अछाम, कञ्चनपुर, कैलाली, डडेल्धुरा, बझांङ, बाजुरा, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, सल्यान, रोल्पा, प्युठान, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, रुकुम पुर्व, रुकुम पश्चिम, सोलुखुम्बु, संखुवासभा, रामेछाप, खोटाङ र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिमको मध्यम रहने महाशाखाले जनाएको छ ।

यस्तै आज त्रिशुली र बेत्रावती नदिमा पानीको बहाव उच्च बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।