बाढी महाशाखाले गर्‍यो काठमाण्डुसहित ५२ जिल्लामा ‘एल्लो अलर्ट’ जारी

बाढी महाशाखाले गर्‍यो काठमाण्डुसहित ५२ जिल्लामा ‘एल्लो अलर्ट’ जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ५२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ ।

महाशखाले काठमाण्डु, ललितपुर, भक्तपुरसहितका ५२ जिल्लामा एल्लो अलर्ट जारी गरेको हो ।

आज सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, रौतहट, बारा, पर्सा, दोलखा, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, स्याङ्जा, बागलुङ, पर्वत, गुल्मी, प्युठान, अर्घाखाँची, रुपन्देही र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना उच्च रहेको बाढी महाशाखाले जनाएको छ ।

साथै दार्चुला, बैतडी, डोटी, अछाम, कञ्चनपुर, कैलाली, डडेल्धुरा, बझाङ, बाजुरा, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, रोल्पा, दाङ, कपिलवस्तु, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, गोरखा, लमजुङ, सोलुखुम्बु, संखुवासभा, रामेछाप, खोटाङ, पाँचथर, इलाम र आसपासका जिल्ला भई बहने ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम छ।

यस्तै आज २० ठुला नदिमा पानीको बहाव उल्लेख्य बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।