बाढी महाशाखाले भन्यो- आज काठमाण्डुसहितका ३३ जिल्लामा बाढीको जोखिम छ

बाढी महाशाखाले भन्यो- आज काठमाण्डुसहितका ३३ जिल्लामा बाढीको जोखिम छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ३३ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ ।

महाशखाले काठमाण्डु, ललितपुर, भक्तपुरसहितका ३३ जिल्लामा एल्लो अलर्ट जारी गरेको हो ।

आज संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने स(साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना उच्च रहने महाशाखाले जनाएको छ ।

साथै सोलुखुम्बु, भोजपुर, ओखलढुगां, खोटाङ, काठमाण्डु, ललितपुर, भक्तपुर, नुवाकोट, काभ्रेपलान्चोक, सिन्धुली, गोरखा, धादिङ, मकवानपर, लमजुङ, म्याग्दी, पर्वत, गुल्मी, प्यठान, रोल्पा, सल्यान, रुकुम पुर्व, रुकुम पश्चिम, बाग्लुंग, बाजुरा, सुर्खेत, बैतडी, डोटी, बझाङ र आसपासका जिल्ला भई बहने स(साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना मध्यम रहने छ ।

यस्तै आज २२ ठुला नदिमा पानीको जलस्तर उल्लेख्य बढ्ने भएकाले उक्त नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध छ ।