काठमाण्डु, ललितपुर र भक्तपुरसहित ३७ जिल्लामा ‘एल्लो अलर्ट’ जारी

काठमाण्डु, ललितपुर र भक्तपुरसहित ३७ जिल्लामा ‘एल्लो अलर्ट’ जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ३७ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ ।

महाशखाले काठमाण्डु, ललितपुर, भक्तपुरसहितका ३७ जिल्लामा एल्लो अलर्ट जारी गरेको हो ।

आज ताप्लेजुङ्ग, सोलुखुम्बु, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाण्डु, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई बहने स(साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना उच्च रहने पूर्वानुमान छ ।

साथै इलाम, झापा, पाँचथर, तेर्हथुम, भोजपुर, ओखलढुगां, खोटाङ, सिन्धुली, मकवानपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, लमजुङ्ग, दाङ, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, अछाम, बझाङ्ग, जाजरकोट, कालिकोट, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुला र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना मध्यम रहने महाशाखाको पूर्वानुमान छ ।

यस्तै आज २१ ठुला नदिमा पानीको जलस्तर उल्लेख्य बढ्ने भएकाले उक्त नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध छ ।