काठमाण्डु- जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ३१ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ ।
महाशखाले काठमाण्डु, ललितपुर, भक्तपुरसहितका ३१ जिल्लामा एल्लो अलर्ट जारी गरेको हो ।
आज ताप्लेजुङ, तेर्हथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना उच्च रहने छ।
यस्तै इलाम, झापा, पाँचथर, धनकुटा, रामेछाप, भोजपुर, खोटाङ, ओखलढुंगा, नुवाकोट, धादिङ रसुवा, काभ्रेपलान्चोक, काठमाण्डु, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, स्याङ्जा, गोरखा, जाजरकोट, दैलेख, कास्की, पर्बत, म्याग्दी, बाग्लुङ, लमजुङ्ग, गुल्मी र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना मध्यम रहने महाशाखाले जनाएको छ ।
यस्तै आज २१ ठुला नदिमा पानीको जलस्तर उल्लेख्य बढ्ने भएकाले उक्त नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ ।






प्रतिक्रिया