आज यी २७ जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

आज यी २७ जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज २७ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ ।

महाशखाले काठमाण्डु, ललितपुर, भक्तपुरसहितका २७ जिल्लामा एल्लो अलर्ट जारी गरेको हो ।

आज ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना उच्च छ।

यस्तै इलाम, झापा, मोरङ, पाँचथर, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, रुकुम पूर्व र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना मध्यम रहेको महाशाखाले जनाएको छ।

यस्तै आज १७ ठुला नदिमा पानीको जलस्तर उल्लेख्य बढ्ने भएकाले उक्त नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।