काठमाण्डु– जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ४० जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ ।
महाशखाले काठमाण्डु, ललितपुर, भक्तपुरसहितका ४० जिल्लामा एल्लो अलर्ट जारी गरेको हो ।
आज सोलुखुम्बु, रामेछाप, ओखलढुङ्गा, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, डोल्पा, जाजरकोट, रुकुम पश्चिम, बझाङ, डोटी र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना उच्च रहेको छ ।
यस्तै इलाम, झापा, खोटाङ, भोजपुर, काठमाण्डु, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, चितवन, सिन्धुली, उदयपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, बागलुङ, पर्वत, नवलपरासी पुर्व, नवलपरासी पश्चिम, रुकुम पुर्व, सल्यान, सुर्खेत, दैलेख, अछाम, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना मध्यम रहने महाशाखाले जनाएको छ ।
आज २१ ठुला नदिमा पानीको जलस्तर उल्लेख्य बढ्ने भएकाले उक्त नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।





प्रतिक्रिया