आज यी ३२ जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

आज यी ३२ जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ३२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ ।

महाशखाले काठमाण्डु, ललितपुर, भक्तपुरसहितका ३२ जिल्लामा एल्लो अलर्ट जारी गरेको हो ।

आज झापा, इलाम, पाँचथर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।

यस्तै ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाण्डु, ललितपुर, भक्तपुर, धादिङ, रसुवा, मोरङ, उदयपुर, सिन्धुली, मकवानपुर, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, अछाम, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना देखिएको बाढी महाशाखाले जनाएको छ।

यस्तै आज २३ ठुला नदिमा पानीको जलस्तर उल्लेख्य बढ्ने भएकाले उक्त नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।