काठमाण्डु – अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पुर्याएको छ । गएरातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा क्षति भएको फट्टेका स्थानीय दशरथ दनुवारले जानकारी दिए । “फट्टेबाट अब सवारीसाधन चल्ने अवस्था छैन”, उनले भने ।
फट्टेको पुल क्षति हुँदा मेलम्ची नगरपालिका-७ र ८, हेलम्बु गाँउपालिका-२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका-१ र २ का बासिन्दा प्रभावित भएका छन् । इन्द्रावती नदीमा भने आज बेलीब्रिजको उद्घाटन हुँदैछ ।




प्रतिक्रिया