आज ३० जिल्लामा बाढीको जोखिम, कर्णाली, महाकालीसहित यी नदीको जलसतह बढ्दो

आज ३० जिल्लामा बाढीको जोखिम, कर्णाली, महाकालीसहित यी नदीको जलसतह बढ्दो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आज असार १७ गते मंगलबार देशका ३० जिल्ला र आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ३० जिल्लामा बाढीको जोखिम र २५ जिल्लामा एल्लो वारेन्ट जारी गरेको छ ।

आज दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स(साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना उच्च रहने पूर्वानुमान छ।

साथै संखुवासभा, रसुवा, कास्की, लमजुंग, पर्वत, गोरखा, तनहुँ, नवलपरासी पुर्व, नवलपरासी पश्चिम, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, दार्चुला, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिमको सम्भावना मध्ययम रहने महाशाखाले जनाएको छ ।

यसैगरी ताप्लेजुंग, तेह्रथुम, भोजपुर, खोटाङ, जाजरकोट र आसपासका जिल्ला भई बहने केही स( साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिमको पूर्वानुमान छ ।

यस्तै आज १३ ठुला नदिहरुमा पानिको बहाव उल्लेख्य बढ्न र कर्णाली, पश्चिम सेती, महाकाली जलाधारका जलमापन केन्द्रहरुमा जलसतह बढ्दो क्रममा रहेको छ।