रसुवाको बाढीमा बेपत्ता भएका ३ प्रहरीसहित १८ जनाको परिचय खुल्यो

रसुवाको बाढीमा बेपत्ता भएका ३ प्रहरीसहित १८ जनाको परिचय खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रसुवाको टिमुरेमा भोटेकोसी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। मंगलबार बिहान आएको बाढीले भन्सार यार्डमा काम गरिरहेका ९ नेपाली र ६ चिनियाँ नागरिक सम्पर्कविहीन भएका छन्।

यस्तै उद्धारमा खटिएका ३ प्रहरी कर्मचारीसमेत बेपत्ता भएका छन्।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता प्रहरीहरू यस प्रकार छन्:

लालबहादुर श्रेष्ठ, ४२ वर्ष, रामेछाप — प्रहरी सहायक निरीक्षक

मुन्ना ठाकुर, २४ वर्ष, बारा — प्रहरी जवान

लोकेन्द्र बोहोरा, २३ वर्ष, बझाङ — प्रहरी जवान

तीनैजना इलाका प्रहरी कार्यालय टिमुरे, रसुवामा कार्यरत थिए।

बेपत्ता ९ नेपाली नागरिक:

जिपन चौधरी, ३६ वर्ष, बर्दिया

सन्तोष दइत, ३५ वर्ष, बर्दिया

बुद्धिराम राम थारु, २५ वर्ष, बर्दिया

लक्ष्मीनारायण थारु, २४ वर्ष, बर्दिया

सुरेश थारु, ३० वर्ष, बर्दिया

नरेन्द्र बिक, उमेर अज्ञात, बागलुङ

फुर्वा लामा, उमेर अज्ञात, सिन्धुपाल्चोक (कन्टेनर चालक)

गोविन्द मोक्तान, ठेगाना अज्ञात (मिक्चर चालक)

लोकमान तामाङ, ठेगाना अज्ञात (हाइलक्स चालक)

बेपत्ता ६ चिनियाँ नागरिक:

यु युए

लि हुक्वाइङ

याङ चुआन

यु हाइ हाङ

यु छिआओ कुई

जोउ योङ

स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा उद्धार कार्यमा खटिएको छ। बाढीको क्षति कति ठूलो छ भन्ने अझै स्पष्ट भइनसकेको जनाइएको छ।

सरकारले प्रभावित क्षेत्रको हवाई अवलोकनसहित राहत तथा खोजी कार्य तीव्र बनाउने तयारी गरिरहेको छ। गएराति आएको बाढीले नेपाल–चीन मितेरी पुल, भन्सारसहितका स्थानमा क्षति गरेको छ । सुख्खा बन्दरगाहका ७ वटा इभी गाडी समेत बगेको छ ।  रसुवागढी हाइड्रोपावरको ड्याम र क्याम्पमा पनि क्षति पुगेको छ ।