त्रिशूली नदीमा दुई जनाको शव फेला

त्रिशूली नदीमा दुई जनाको शव फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव फेला परेको छ। नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा ती शवहरू भेटिएका हुन्।

गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारमा २ वटा शव फेला परेको हो ।

प्रहरीका अनुसार मृतकहरूको पहिचान खुल्न सकेको छैन। भोटेकोसी बाढीमा परी मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिए ।

मंगलबार बिहान चीनबाट आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । ३ प्रहरी, १२ नेपाली नागरिक र ६ चिनियाँ नागरिक बेपत्ता रहेको प्रहरीले जानकारी दिएको हो।