नेपाली सेनाले पुनःर्निर्माण गर्‍यो बडी मालिका मन्दिर

नेपाली सेनाले पुनःर्निर्माण गर्‍यो बडी मालिका मन्दिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ऐतिहासिक, पुरातात्त्विक र धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने बाजुरास्थित बडी मालिका मन्दिरको पुनर्निर्माण कार्य नेपाली सेनाले सम्पन्न गरेको छ।

समुन्द्र सतहदेखि करिब ४,२२० मिटर उचाइमा मल्लागिरी पर्वतमा अवस्थित यो मन्दिर नेपाली जनआस्थाको महत्वपूर्ण केन्द्रका रूपमा चिनिन्छ। नेपाली सेनाले २०८१ चैत २८ गतेबाट सुरु गरेको पुनर्निर्माण कार्य २०८२ असार २३ गते सम्पन्न भएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ।

पुनर्निर्माण अवधिभर मन्दिर श्रद्धालु भक्तजनका लागि खुला राखिएको थियो।

नेपाली सेनाका अनुसार मन्दिर पुनर्निर्माण कार्य पुरातत्व विभागको स्वीकृत डिजाईन र प्राविधिक सहकार्यमा, प्राचीन स्मारक संरक्षण ऐन, २०१३ ९पाँचौं संशोधनसहित० को दायराभित्र रही सम्पन्न गरिएको हो। परम्परागत निर्माण शैली र सामग्रीको प्रयोग गरी मन्दिरको मौलिक स्वरूप जर्गेना गरिएको छ।

भक्तपुर र ललितपुरका दक्ष कालिगढहरूको सहयोगमा त्रिवेणी नगरपालिकाको समन्वयमा निर्माण कार्य अघि बढाइएको थियो। रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभाग, त्रिवेणी नगरपालिका, मन्दिरका पुजारी नेत्रप्रसाद उपाध्याय तथा स्थानीयवासीको संयुक्त प्रयासमा करिब दुई महिनाभित्रै निर्माण सम्पन्न गरिएको हो।

विकट भूगोल, प्रतिकूल मौसम र सामग्री ढुवानीका कठिनाइका बाबजुद सम्पन्न गरिएको यस पुनर्निर्माणले बडी मालिका मन्दिरको ऐतिहासिक र धार्मिक महत्व संरक्षण गर्नुका साथै पर्यटकीय सम्भावना विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।