काठमाण्डु – विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले बाढीपहिरो र डुबानबाट पीडितलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको परिषद्को बैठकले बाढीपहिरो र डुबानबाट पीडितलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो ।
उक्त बैठकले लगातार परेको भारी वर्षाका कारण देशका विभिन्न क्षेत्रमा गएको बाढीपहिरो र डुबानबाट पीडितहरूलाई उद्दार, राहत र क्षतिपुर्ति दिने निर्णय गरेको स्रोतले जनाएको छ ।
त्यसैगरी प्रधानमन्त्री देउवाले ठूलो क्षति हुने गरी देशभर भएका बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल पुगेर सेल्टर बनाउने, घरहरु पुनर्निर्माण गर्ने, राहत र पुनर्स्थापनाको कार्य गर्ने तथा धान बालीमा पुगेको क्षतिको विवरण आँकलन गर्ने र त्यसका आधारमा राहतको व्यवस्था गर्न निर्देशन दिएका छन् ।




प्रतिक्रिया