बुद्धका कारण नेपाल विश्वभर चिनिएको छ : मन्त्री पाण्डे

बुद्धका कारण नेपाल विश्वभर चिनिएको छ : मन्त्री पाण्डे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध नेपालमा जन्मेका कारण पनि नेपाल विश्वमा चिनिएको बताएका छन् ।

गुरु पद्मसम्भवको जन्म दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बुद्धको जन्मस्थल लुम्बिनी भएको कारणले गर्दा नेपालप्रति आत्मीयता राख्ने राष्ट्रहरूको संख्या विश्वमै बढिरहेको बताए ।

उनले नेपाल वेद र बुद्धको भूमि भएको स्मरण गराउँदै भने, ‘हामी बुद्ध र वेदको धरोहर बोकेको देश हौं, अब यसलाई सशक्त रूपमा विश्वसामु प्रस्तुत गर्नुपर्छ ।’

हिमाली बौद्ध परम्परालाई उनले अघि बढाउनु मात्रै होइन, त्यसको प्रचारप्रसारमा समेत ऐतिहासिक योगदान गरेको बताए । उनले पहिलोपटक गुरु पद्मसम्भवको जन्म दिवसलाई औपचारिक रूपमा कार्यक्रम गरी मनाउनु ऐतिहासिक कदम भएको बताउँदै यस्ता सांस्कृतिक र धार्मिक कार्यक्रमलाई आगामी दिनहरूमा अझ व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री पाण्डेले बुद्धको शिक्षालाई आजको संसारले अझै पनि ग्रहण गरिरहेको र त्यो क्रम बढ्दो रहेको उल्लेख गर्दै भने, ‘भौतिक सम्पन्नता एक हदसम्म मात्र सन्तुष्टि दिन सक्छ तर अन्तर्मनको शान्ति बुद्धमार्गबाट मात्र सम्भव हुन्छ ।’

नेपालको ऐतिहासिक, धार्मिक र आध्यात्मिक सम्पदाको संरक्षण, प्रचारप्रसार र विश्वसामु प्रभावकारी प्रस्तुतीकरण नेपाल सरकारको प्राथमिकतामा रहेको पनि उनले स्पष्ट पारेका छन् ।