तत्काल मन्त्रिपरिषद् हेरफेर हुँदैन, हल्ला मात्र हो : मन्त्री पाण्डे

तत्काल मन्त्रिपरिषद् हेरफेर हुँदैन, हल्ला मात्र हो : मन्त्री पाण्डे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तत्काल मन्त्रिपरिषद् हेरफेरको कुरा नभएको बताएका छन्।

मंगलबार यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले अहिले मन्त्री हेरफेरको कुरा नभई कामलाई प्रभावकारी रुपमा अघि बढाउने कुरा भएको बताए।

उनले भने, ‘मन्त्री हेरफेरको कुरा हल्ला हो, सत्ता साझेदार दलहरुमा यस विषयमा कुरा भएको छैन।’ अहिले बाहिर हल्ला सुनेको भन्दै उनले कांग्रेस सभापति र प्रधानमन्त्रीबाट त्यस्तो कुरा नआएको बताए।

‘प्रधानमन्त्रीले तीव्रताका साथ काम गर्न निर्देशन दिनुभएको भएको छ।’ उनले भने ।