बद्री पाण्डे र मानबहादुर विश्वकर्माको कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दर्ता

बद्री पाण्डे र मानबहादुर विश्वकर्माको कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनअन्तर्गत शनिबार मनोनयन दर्ता प्रक्रिय भइरहेको छ । बाजुराका बद्री पाण्डे र अर्घाखाँचीका मानबहादुर विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् ।

सभापति पद र प्यानल निर्माणमा शीर्ष नेताहरू आन्तरिक छलफलमा व्यस्त रहेका बेला मनोनयन दर्ता सुरु भएलगत्तै उनीहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

शुक्रबार भृकुटीमण्डपमा उद्घाटन सत्र कार्यक्रम गरेको कांग्रेसले मनोनयन दर्ता भने राष्ट्रियसभा गृहमा गरेको छ ।