वैदेशिक लगानी कम भएपछि उद्योगमन्त्री चिन्तित


काठमाण्डु- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । बुधवार नेपाल टे«ड युनियन कांग्रेसले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उद्योग क्षेत्रमा देखिएका नीतिगत तथा अन्य समस्या समाधान गर्न सरकार तयार रहेको बताएका हुन् ।

मन्त्री बडूले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधार गर्न समस्या भएको बताए । उनले सरकारले मुलुकको आयात तथा निर्यातलाई सन्तुलनमा ल्याउन कोसिस गरिरहेको बताए । उनले मुलुकभित्र नै औद्योगिक वातावरण बनाएर रोजगारी र उत्पादन बढाउन आवश्यक रहेको बताए ।

‘टे«ड युनियन लामो समयदेखि उद्योग क्षेत्रमा काम गरिरहनुभएको छ । सरकारले कानून बनाउँछ । तर अप्ठ्यारो कानूनले देखाउँछ भन्नुभएको छ । हामीले यति बेला हाम्रा समस्या कहाँ छन् । समस्या अहिले मुलुकको अर्थतन्त्रलाई सुधार गर्नु हो । मुलुकको आयात तथा निर्यातलाई सन्तुलनमा ल्याउन कोसिस गर्ने हो । मुलुकभित्र नै रोजगारी र उत्पादन बढाउने हो’, उनले भने, ‘त्यसको लागि उद्योगहरूभित्र राम्रो लोकतान्त्रिक सम्बन्ध राखेर सरकार जान तयार छ । उद्योग क्षेत्रका श्रमिकदेखि उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार छ । तपाईंहरूले उद्योग र श्रमिकका समस्या तथा कानूनमा कहाँ–कहाँ समस्या रहेका छन् पहिचान गरिदिन आग्रह गर्दछु ।’

मन्त्री बडूले पछिल्लो समय नेपालमा आन्तरिक तथा वैदेशिक लगानी कम मात्रामा आएको भन्दै चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement