बागमतीका मेयर थापाविरुद्ध तेस्रो भ्रष्टाचार मुद्दा, ३० करोड खाएको आरोप

बागमतीका मेयर थापाविरुद्ध तेस्रो भ्रष्टाचार मुद्दा, ३० करोड खाएको आरोप

तत्कालीन मन्त्री विजय कुमारसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मधेश प्रदेश अर्थ मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमारसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

बागमती नगरपालिका सर्लाहीका निलम्बित मेयर भरत कुमार थापा, बागमती नगरपालिकाकी निलम्बित उपमेयर लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, मधेश प्रदेश अर्थ मन्त्रालयका तत्कालीन कानुन अधिकृत गोकुल भुजेल रहेका छन् ।

यस्तै बागमती नगरपालिका तत्कालीन ईन्जिनियर निरन्जन लामिछाने, अर्का ईन्जिनियर सागर पौडेल र तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेलविरुद्ध अख्तियारले आइतवार विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको हो ।

‘हचुवामा निर्माण कार्य गरी गराई राज्यका विभिन्न निकायबाट कानून विपरित अनुदान रकम प्राप्त गरी सो रकमको दुरुपयोग गरी राज्यलाई हानिनोक्सानी पुर्‍याएको देखिएको छ अख्तियारको आरोपपत्रमा लेखिएको छ ।’

‘यसैगरी मधेश प्रदेश सरकारबाट पटक-पटक सरकारी अनुदान रकम प्राप्त भएको अवस्थामा माछा बिहिन माछापोखरी निर्माण कार्य पुरा नभएको भनी थप रकम माग गरेको र तेस्रो चरणको रकम उपलब्ध गराउने कार्यमा मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री बिजय कुमारले मधेस मन्त्रिपरिषदमा पेश नगरी ३० करोड अनुदान दिने निर्णय गरेको देखिएको छ।’

मेयर थापा यसअघि ८० र ८१ सालमा २ वटा भ्रष्टाचार र अकूत सम्पत्ति आर्जनको मुद्दा खेपिरहेका छन् । अख्तियारले अन्य आरोपीलाई १० करोड देखि ५६ करोडसम्म विगो मागदावी गरेको छ ।