अब कांग्रेसमा फर्किन्नँ : स्वर्णिम वाग्ले

अब कांग्रेसमा फर्किन्नँ : स्वर्णिम वाग्ले

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अब रास्वपा नछाड्ने बताएका छन् ।

रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा वाग्लेले आफूले कथमकदाचित चुनाव हारे पनि रास्वपा नछाड्ने बताएका हुन् । ‘म रास्वपाको साधारण सदस्य भएर आएको हुँ। म फेरि नेपाली कांग्रेसमा फर्किन्न। मेरो पछाडि फर्किने बानी छैन। गण्डकी प्रदेशको पानी खाएको छु,’ उनले भने ।

यो देशलाई देखिन लायक बनाउन युवाहरू लाग्न आवश्यक रहेको उनको भनाइ छ ।