काठमाण्डु – बागलुङमा विषाक्त मदिरा पिएर चारजना मजदूरको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीको नेतृत्वमा ५ सदस्यिय अनुसन्धान समिति गठन भएको छ । हवारी जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्तासमेत हुन् । बागलुङमा सोमबार साँझ विषाक्त मदिरा पिएका ६ मध्ये चारजनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रवीन घर्ती रहेका छन् । उनीहरुको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
त्यस्तै उनीहरुसँगै मदिरा खाएका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको अवस्था गम्भीर रहेको र धौलागिरि अस्पतालमा उपचार सम्भव नभएपछि दुबै जनालाई गण्डकी अस्पताल पोखरा पठाइएको छ ।
यस्तै पसल सञ्चालक भद्रबहादुर थापा र स्थानीयवासी भक्तबहादुर बलाललाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाइएको छ ।




प्रतिक्रिया