आकाशबाट यस्तो देखियो बागलुङको बुर्तिबाङ बजार (फोटो फिचर)

आकाशबाट यस्तो देखियो बागलुङको बुर्तिबाङ बजार (फोटो फिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बुर्तिबाङ बजार बागलुङको दोस्रो व्यापारिक केन्द्र हो । यो बजार पर्यटकीय र व्यापारिक दुवै हिसाबमा चलायमान छ।

बुर्तिबाङ बजार सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय किलोमिटर पश्चिममा छ । नयाँ शहरका रूपमा विकसित भइरहेको बुर्तिबाङ बजार देशकै १० नमुना सहर बनाउने गरी सरकारले सूचीकृत गरेको बजार पनि हो।

यहाँको व्यापारसमेत फस्टाउँदो छ। ढोपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाको प्रमुख सहरका रूपमा रहेको छ।

४ पालिकाको स्वास्थ्योपचार, किनमेल तथा प्रशासनिक काम पनि बुर्तिबाङ बजारबाटै हुने गरेको छ। इलाका प्रशासन कार्यालय, नापी र मालपोतजस्ता कार्यालय यही बजारमा छन्।

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन पुग्ने पर्यटकका कारण बुर्तिबाङ बजार गुल्जार छ । ढोरपाटन सिकार आरक्ष, ढोरबराही जाने आन्तरिक तथा बाह्य पर्यटक बास बस्नका लागि यहीँ आउने गर्छन् ।