बागलुङकी ६५ वर्षीय वृद्धाको अन्तिम रिपोर्ट पनि नेगेटिभ,आइतबार घर फर्काइने

बागलुङकी ६५ वर्षीय वृद्धाको अन्तिम रिपोर्ट पनि नेगेटिभ,आइतबार घर फर्काइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिला निको भएर घर फर्किने भएकी छन् । बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई घर फर्काउन लागिएको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र वि पोखरेलले जानकारी दिए । चैत १९ गते संक्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरि अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।

शनिबार पोखराको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर मेसिनमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो। यसअघि बिहीबारको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो। धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसन वार्डमा उपचार गरिरहेकी ती महिलालाई आइतबार डिस्चार्ज गरिने जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौले बताए ।

‘उनलाई डिस्चार्जपछि १४ दिन सुरक्षित रुपमा होम क्वारेन्टाइनमा राखिने छ,’ । अर्की संक्रमित १९ वर्षीया युवतीको भने चौंथो स्वाब परीक्षणको नतीजा पनि पोजिटिभ आएको थियो। उनको स्वाब परीक्षण भइरहेको र रिपोर्ट आइतबार आउने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। उनी चैत १५ देखि आइसोलेसनमा छिन्। दुबैजना बेल्जियमबाट कतार एअरवेयजको जहाजबाट नेपाल आएका थिए। तीमध्ये काठमाडौंकी युवती शनिबार डिस्चार्ज भएकी छन् । बागलुङकी अर्की युवती भने धौलागिरि अस्पतालमा उपचाररत छन् ।