बागमती प्रदेशसभा बैठक फागुन १६ मा बस्ने

बागमती प्रदेशसभा बैठक फागुन १६ मा बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा – बागमती प्रदेशसभा बैठक आगामी फागुन १६ गते बस्ने भएको छ । बुधबार सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक आह्वान गरेका थिए । उक्त बैठकले प्रदेशसभा बैठक १६ फागुनमा राख्ने सहमति गरेको हो ।

प्रदेशसभा बैठक बस्नुअघि फागुन १५ गते दिउँसो १ बजे पुनः सर्वदलीय बैठक राख्ने र १६ गते दिउँसो १ बजे संसद् बैठक बस्ने दलहरूबीच सहमति भएको छ ।

प्रदेशसभाको बैठक पुस ८ गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बस्न सकेको छैन । संसद् बस्न नसक्दा सरकारले बनाउनुपर्ने ऐनलगायत महत्वपूर्ण काम गर्न सकेको छैन ।