काठमाण्डु- बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमकट्टेल नियुक्त भएका छन् ।
माओवादी संसदीय दलका नेतासमेत रहका जमकट्टेलले ७० प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्री पदको लागि दाबी पेश गरेका थिए ।
जसअनुसार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।





प्रतिक्रिया