काठमाण्डु- बागमती प्रदेशमा सत्ता गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति जुटेको छ । बागमतीमा सत्तारुढ गठबन्धनबीच मन्त्रालय फुटाएर भागबण्डा टुङ्ग्याउने सहमति भएको हो । हाल बागमती प्रदेशमा ११ मन्त्रालय छन् ।
अब यहाँ मन्त्रालय फुटाएर १२ मन्त्रालय बनाइनेछ । सत्ता गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति जुटेसँगै आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । जसअनुसार नेपाली कांग्रेसले ६ वटा मन्त्रालय पाउने भएको छ ।
हाल सरकारमा माओवादी केन्द्रका मुख्यमन्त्रीसहित चार मन्त्री सरकारमा छन् । त्यस्तै नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ४ र नेकपा एकीकृत समाजवादीले दुई मन्त्रालय पाउनेछ ।




प्रतिक्रिया