मकवानपुर – बागमती प्रदेशसभा चालू अधिवेशन आज मध्यरातदेखि अन्त्य हुँदैछ ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार प्रदेश सभाको १२औं वर्षे अधिवेशन आज मध्यराति १२ बजेदेखि अन्त्य गरेका हुन् ।
मन्त्रिपरिषद्बाट आज पारित भई आए अनुसार प्रदेश प्रमुख शर्माले संविधानको प्रक्रिया पूरा गरी प्रदेशसभा बैठक अन्त्य गरेका प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।
बागमती प्रदेश सभाको पहिलो बैठक २०७९ पुस १८ गते बसेको थियो ।




प्रतिक्रिया