बागमती प्रदेशसभा बैठक फागुन २९ गतेसम्म स्थगित

बागमती प्रदेशसभा बैठक फागुन २९ गतेसम्म स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेशसभा बैठक फागुन २९ गतेसम्मका लागि स्थगित भएको छ ।

बिहीबार दोस्रो बैठकपछि सभामुख भुवनकुमार पाठकले फागुन २९ गते दिउँसो ३ बजेसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गरेका छन् ।

बिहीबारको प्रदेशसभा बैठकमा पेश भएको प्रदेश हस्तकला ग्राम स्थापना सम्बन्धी विधेयकको सैद्धान्तिक छलफल भएको थियो । बैठकमा विधेयकमाथि उठेका प्रश्नको जवाफ मन्त्रीले दिएका छन् ।