बागमती प्रदेशका ६ मन्त्रीले बुझाए मुख्यमन्त्री जम्कट्टेललाई सामूहिक राजीनामा

बागमती प्रदेशका ६ मन्त्रीले बुझाए मुख्यमन्त्री जम्कट्टेललाई सामूहिक राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेशका ६ जना मन्त्रीहरूले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक राजीनामा बुझाएका छन् ।

संघीय सरकारको सत्ता समीकरण फेरिएसँगै प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरू बाहिरिएका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा प्रदेशका अर्थमन्त्री बहादुरसिंह लामा, संसदीय दलका उपनेता तथा प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा, स्वास्थ्यमन्त्री उत्तम जोशी, वन तथा वातावरणमन्त्री मसिना खड्का र संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले राजीनामा बुझाएका छन् ।

अर्थमन्त्री रहेका बहादुरसिं लामा र खानेपानीमन्त्री रहेका तीर्थ लामा बुधबार मात्रै स्वदेश फर्किएकाले कांग्रेसले आज बिहान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

बुधबार बिहान उपनेता चित्रकार र प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलबीच सरकार छाड्ने विषयमा कुराकानी भएको थियो ।