बागमती प्रदेशसभा अधिवेशन आह्वान

बागमती प्रदेशसभा अधिवेशन आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेश सभाको बर्खे अधिवेशन वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय र सिफारिस बमोजिम प्रदेश सभाको बर्खे अधिवेशन आह्वान गरेका हुन् ।

बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आगामी जेठ ४ गते प्रदेशसभा अन्तर्गतका विभिन्न ५ वटा समितिको सभापति पदको निर्वाचन गर्ने विषयमा सबै दलबीच सहमति भएको जानकारी दिए ।